जसको सम्झनामा प्रमोद खरेल काठमाण्डौंमा गीत रेकर्ड गराउँदैथिए, उनै ‘आमा’को झापामा भयो यसरी निधन, स्त’ब्ध भएका प्रमोदले लेखे यस्तो भावुक स्टाटस।

समाचार

जसको सम्झनामा प्रमोद खरेल काठमाण्डौंमा गीत रेकर्ड गराउँदैथिए, उनै ‘आमा’को झापामा भयो यसरी निधन, स्त’ब्ध भएका प्रमोदले लेखे यस्तो भावुक स्टाटस ।

सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल एक भावनात्मक मोडबाट गुज्रिएका छन् । उनले फेसबुकमा एक लामो स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।

उनी एक गीत रेकर्ड गर्दैथिए, तर जसका लागि गीत गाउने तयारी थियो, उनको गीत सुन्नै नपाई निधन भयो । सोही कुरा प्रमोदले आफ्नो फेसबुकमा लेखेका हुन् ।

प्रमोद अगाडि लेख्छन्, ‘कस्तो अवस्था, कस्तो घटना ।झापा पृथ्वी नगर निवासी, छोरा उमेश ले हिजो मलाइ फ़ोन गरे – मेरो आमा ५७ वर्ष को हुनुहुन्छ, क्या न्स र ले अन्तिम अवस्था मा हुनुहुन्छ ।

उहॉ ले ३ महिना अघि बाटै अन्तिम इच्छा स्वरूप तपाइको स्वरमा उहॉको एउटा गीत रेकर्ड गराउने भन्नु भको थियो तर मैले तपाइलाइ भन्न ऑट गरिन तर अहिले ।

अन्तिम अवस्था मा हुनुहुन्छ र देह त्याग हुनु अघि रेकर्ड होस भन्दै हुनुहुन्छ, त्यो रेकर्ड भएर एक चोटि भए पनि सुन्न पॉउ भन्दै हुनुहुन्छ ।

मैले कल्पना सम्म नगरेको प्रस्ताव सुने पछि म स्त व्ध भएँ । स्टुडियो ले पनि अवस्था बुझेर तुरुन्त डेट दियो। छोरा ले मलाइ सन्देश पठाए ।

उता बाक्य बसेकी आमा ले रेकर्ड हुने कुरा सुन्दा मु न्टो हल्लाउदै मन शान्त पारेको कुरा उमेस ले फ़ोन मा सुनाए ।

आमा को अन्तिम इच्छा पुरा हुने कुरा मा उमेश पी डा भित्र पनि आभार प्रकट गर्दै थिए । तर दु र्भा ग्य अहिले सॉझ ८ः३० मा आमाको दे हा न्त भएछ ।

आमाले गीत सुन्न त पाउनु भएन तर गीत रेकर्ड हुदैछ भनेर सुन्नु भयो, तर आमा जानु भो जसरी नि रेकर्ड गरिदिनु होला । उमेश ले सानो स्वरमा भर्खर फ़ोन गरे ।

भोलि बिहान उनले दाग-बत्ति दिनेछन् , र तोकिएकै समय मा गीत रेकर्ड गरेर उनलाइ पठाइ दिनेछु । प्रभु को लीला अपरम्पार । आमाको आत्मा ले शान्ति पाओस् हार्दिक श्रद्धांजलि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *