यमराज बन्दै टिपर : बाटामा हिडिरहेकी १८ वर्षीय अन्सुको निधन !

समाचार

मेचीनगर नगरपालिका- १३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपरको ठक्करबाट बुधबार बिहान एक पैदल यात्रीको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै

गरेको मे १ ख २५१५ टिपर नं. को टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

शिवाकोटीको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्रममा मृत्यु भएको थापाले बताए। ।

शिवाकोटीसँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खुट्टामा चोट लागेको छ। ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।

बर्दिया-बर्दियामा टिप्पर’को ठ’क्कर’बाट मोटरसाइकल चालक’को ज्या’न गएको छ । ज्या’ न जानेमा मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकी रहेका छन् ।

ठाकुरबाबा नगरपालिका(५ शाहीपुर बजारमा टिप्परले बुढाथोकीलाई ठ क्कर दिएको थियो । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टि’ प्परको ठ’क्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकललाई ठ’ क्कर दिएको थियो ।

ठ’ क्कर दिए लगत्तै टि’ प्पर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *