लोकप्रिय हास्यकलाकार तथा मोडल सागर लम्साल ‘बले’को आज जन्मदिन !

समाचार

चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगो नि’ मा बले पात्रको भुमिका निभाउँदै आएका हाँस्यकलाकार सागर लम्सालको आज जन्मदिन परेको छ । उनको जन्म स्याङ्जा जिल्लाको बिरुवा नगरपालिकामा बुबा राजेन्द्र लम्साल र आमा शशी लम्सालको कोखबाट भएको हो । यतिबेला उनलाई सामाजिक संजालमा सुभकामना दिनेहरुको ओईरो छ ।

पछिल्लो समय ‘सक्किगो नि’ टेलिसिरियल सँगै म्युजिक भिडियोमा ब्यस्त रहेका सागर लम्सालको केहिसमय अघि सामाजिक सञ्जालमा प्रेम चर्चा व्यापक चलिरहेको छ । बले र टिकटकबाट चर्चामा आएकी प्रिज्मा खतिवडाको प्रेम चर्चामा आएको थियो । उनीहरुले पनि प्रेम स्वीकार गरिसकेका छन ।

फिल्म लोफरपछि उनले “लज्जा” चलचित्रमा पनि अभिनय गरेका थिए । एकाएक हाँस्यटेलिसिरियल भद्रगोलमा खेल्न लेखक तथा निर्देशक कुमार कट्टेलले अनुरोध गरेपछि सागरको टेलिसिरियलमा इन्ट्री भएको थियो । सायद उनलाई पनि थाहा थिएन होला सिरियलबाट यतिधेरै चर्चामा आइन्छ भनेर, तर रातारात चर्चाको शिखरमा पुगेका सागर लम्सालको अहिले पनि चर्चा लोभलाग्दो छ । सागर लम्साल क्षेत्री ‘बले’ लाई हाम्रो तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *