लालबाबु पण्डितले पनि छोडे प्रचण्ड माधव समूह भन्छन ओली नै ठिक लाग्यो

समाचार

नेता बनेका छन् । केपी ओली पक्षले शनिवार विराटनगरमा गरेको सभामा उनी आउने अपेक्षा गरे पनि सभामा सहभागी भएनन् ‘।पण्डितले भने, शनिवारको सभामा आउन भनेर धेरै साथीहरु घरमै आउनु भएको थियो ‘। तर मैले अहिले दुबै समूहको सभा सम्मेलनमा नजाने निर्णय सुनाएपछि उहाँहरु कन्भिस भएर फर्किनुभयो ।’

नेता पण्डितले प्रतिनिधिसभा विघटनापछि धेरै नेता कार्याकर्ताले आफनो निवासमा आएर पार्टीको लाइन स्प्रष्ट गर्न भनेको समेत बताए । तर आफू अहिले तटस्थ् बस्ने भनेर उनीहरुलाई फर्काएको नेता पण्डितले बताए । उनले नेकपाको दुबै समुहको सभा सम्मेलन अहिले गाली गलाैज गर्ने मन्चको रुपमा परिणत भएको टिप्पणीसमेत गरे’ ।अहिलेको स्थिति आउनुमा विचारभन्दा पदीय लडाइँ मुख्य कारण हो । त्यसैले म कतै लागेको छैन ‘। मलाई दुवै समूहले बोलाए तर म कतै पनि गएको छैन, किनभने म फुटेको नेकपाको नेता हुन चाहन्न,’ पण्डितले भने

आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको र तटस्थ रहेर त्यो भूमिका निर्वाह गर्न खोजेको बताए । उनले अदालत र निर्वाचन आयोगले गर्ने निर्णयपछि तुलानात्मक रुपमा जुन समूह आफूलाई उपयुक्त लाग्छ त्यही समुहमा गएर उभिने पनि बताए।पण्डितलाई माधव नेपालले औपचारिक कार्यक्रममा सहभागी हुनका लागि पटक-पटक आग्रह गरेका छन् ‘। तर पण्डितले भने जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नेहरूलाई एकै ठाउँमा जोड्नका लागि आफू लागिपरेको बताए ‘।

Leave a Reply

Your email address will not be published. Required fields are marked *