महिनावारी हुँदा प्रयोग गर्ने प्याड बर्दियाका किशोरीहरुले घरमै बनाउन थाले, प्याड बनाउँदा यस्ता सामाग्रीको हुन्छ प्रयोग

समाचार

नेपालगन्ज । बर्दियाका किशोरीहरुले महिनावारी हुँदा लगाउने प्याड आफैं बनाउन सुरु गरेका छन् । उनीहरुले घरमा उपलब्ध सामाग्रीहरुको प्रयोग गरेर यस्ता प्याड बनाउन सुरु गरेका हुन् ।

बजारमा पाइने प्याड किन्दा धेरै रकम खर्च हुने भएकाले आफ्नो लागि आफैं प्याड बनाउन सिकेको एक किशोरीले बताइन् । ती किशोरीहरुलाई यसरी प्याड बनाउन तालिम दिइएको थियो ।

उक्त तालिममा किशोरीलाई यसबारेको स्वास्थ्य सम्बन्धि सैद्धान्तिक ज्ञान दिनुको साथै मासिक स्वच्छता र स्वास्थ्य व्यवस्थापन का लागी पुन प्रयोग गर्न मिल्ने घरेलु वायो प्याड को तयारी को लागी अभ्यास गराईएको थियो ।

आफुले स्वास्थ्य अधिकार र महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन सम्बन्धि ज्ञान पाएको र अब देखी घरमै पनी वायो प्याड निर्माण गर्न सकिने तालिमा सहभागी सिता थारुले बताईन् ।

बालविवाह रोकथाम परियोजना अन्तर्गत बढैयातालमा १० देखी १५ र १६ देखी २४ बर्षका किशोरीहरुको समुह गठन गरी किशोरी कक्षा र अन्तरक्रिया र अभिमुखिकरण मार्फत उनीहरुका स्वास्थ्य अधिकार सम्बन्धि सचेतना फैलाईदै आईरहेको फिल्ड सुपरभाईजन चन्द्रा खनालले जानकारी दिइन् ।

प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह ९बी ग्रुप० बाँके को साझेदारीमा सञ्चालित बालविवाह रोकथाम ९नोराड० परियोजना अन्तर्गत बढैयातालका किशोरीहरुलाई मासिक स्वच्छता र स्वास्थ्य व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *