एनसेलले पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने

आर्थिक खबर

एनसेलले पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएका छ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल गत साउन तेस्रो साता एनसेल पब्लिक कम्पनीमा गएको जनाएको थियो ।

त्यस्तै विगत केहि बर्षदेखि आईपीओ निष्काशन गर्ने चर्चा चलेपनि एनसेलको पुँजीगत लाभकर विवादका कारण कुनैपनि कार्य अघि बढाउन सकेको थिएन् । एनसेलले लाभकर विवाद टुङ्ग्याएपछि पब्लिक कम्पनीमा गएको थियो ।

त्यसैगरी १० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडी बढिसकेको बताएको छ ।

एनसेलले शेयर निष्काशनको बिषयमा धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहे एनसेलका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार ‘के-कति शेयर निष्काशन गर्ने भन्ने बिषय छलफलकै क्रममा रहेकाले खुलाउन मिल्दैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *