बाख्रा खोरमा गएराति बाघ पसेर खो*’रमा भएका सबै २२ वटा बाख्रा मा*’रे

समाचार

बर्दियामा गएराति बाख्रा खोरमा बाघ पसेर खो’रमा भएका सबै २२ वटा बाख्रा मा’रे’ .. बर्दिया, गुलरिया नगरपालिका-५, सन्तोषी टोलमा व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका चन्द्रकान्त पौडेलको बाख्रा खोरमा गएराति बाघ पसेर खोरमा भएका सबै २२ वटा बा’ख्रा मा’रेको छ।

यो पनि : नेपालमा बाघको सङ्ख्या कति छन्’

वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो।

बाघ गणनाको नतिजासम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको सङ्ख्या २३५ देखिएको बताए। सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १९८ थियो।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन्।

<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong>

Leave a Reply

Your email address will not be published. Required fields are marked *