ओलीलाइ हटाइयो अब एमसीसी संसदबाट पास हुन्छ: झलनाथ खनाल

समाचार

नेकपाका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट अगाडी बढने खनालले बताए । केहि बुँदा परिवर्तन र संसोधन गरेर संसदबाटै एमसीसी पारित हुने उनले बताए ।

इमेज एफएमसँग कुरा गदै नेता खनालले भने, ‘एमसीसीमा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन गर्नेछौ।’

उनले अमेरिकामा ट्रम्पको सरकार ढलेपछि बाइडेनको सरकार आएसँगै एमसीसीमा पहिलेको भन्दा तुलनात्मक रुपमा परिमार्जन गरेर अगाडी बढ्ने बताए ।

साथै उनले केपी शर्मा ओलीसँग नेकपाको एकता संभावना नभएको बताउदै खनालले पार्टीका अन्य सदस्यका लागि एकताका लागि ढोका खुल्ला गरिएको बताए । उनले पार्टी सदस्यलाई एकताका लागि आउन आह्वान पनि गरे ।

एक अर्को प्रसंगमा नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने बताए । उनले भने, ‘म पदका पछाडि लाग्दिन, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए सम्हाल्न तयार छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *