एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भावुक हुँदै कक्रोज

समाचार

काठमाडौँ । सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपाल निकै राम्रो अभिनय गर्ने कलाकार हुन् । यो शृखलामा उनलाई ह रियो बाँ समा बोकेको दृश्य देखाइएको छ । घरमा पाहुना लाग्न आएका शसुरालाई झुक्याउनका लागि यस्तो नाटक गरिएको हो । वास्तजमा उनको नि धन यो शृखलामा नाटकिय रुपमा देखाइएको हो । शृखलामा कलाकार नेपालको नाटकिय रुप देखाएका कारण हामीले पनि सोही शैलीमा नै यो समाचारलाई रोचक तरिकाले प्रस्तुत गरेका हौँ । सक्किगोनीको भाग १२ लाई आधार मानेर यो समाचार तयार पारिएको हो । जसलाई शृखलामा जसरी नै मनोरञ्जनका रुपमा लिन आग्रह गर्दछौँ । न्यायालयलाई धन्यवाद, प्रधानमन्त्री तत्काल राजीनामा देऊ

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्याएको छ । अदालतको निर्णयका कारण संविधान लिकमा आएको छ । संवैधानिक संकट टरेको छ र देश अँध्यारो सुरुङमा फस्नबाट जोगिएको छ । संवैधानिक इजलासका न्यायाधीशहरुको सहासिक निर्णयका कारण अदालतमाथिको जनआस्था उचो भएको छ । देशैभरि खुशीयाली/दीपावली सुरु भएको छ । संविधानको बर्खिलाप गरेर शासन चलाइरहेका ओलीको कदममा सम्मानित अदालतले औपचारिकरुपमा ‘ब्रेक’ लगाइदिएको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गरेका थिए । ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतले मिति नै तोकेर १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ । संसद बैठकको समयसीमा नै तोकेर सर्वाेच्च अदालतले केपी ओलीबाट हुन सक्ने सम्भावित षडयन्त्रलाई पनि रोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *