किशोरीलाई भाडावाल भनेर बौद्धमा कोठी चलाएको आरोपमा घरबेटी पक्राउ

समाचार

काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्।

 

उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए।

 

छोरा जन्मिएपछि श्रीमान पनि एकाएक हराए। कहाँ गए, के गर्दै छन् उनलाई पनि थाहा छैन। उनलाई आफ्नो श्रीमान अर्कै केटीसँग पो गए कि भन्ने लाग्छ। सम्पर्कविहीन भएको पनि ३-४ महिना भइसक्यो। प्रहरीलाई पनि खबर गरेको उनी बताउँछिन्।

 

सुत्केरी भएदेखि आमाबुवा पनि काठमाडौंमै छन्। श्रीमान सम्पर्कविहीन भएपछि उनको आम्दानीको स्रोत पनि बन्द भयो। उनलाई पैसा पनि चाहिएको थियो। अनि उनले काम गर्ने कुरा बुवालाई सुनाइन्।

 

बुवाले अहिले नै काम नगर्न भनेका थिए। उनले जिद्दी गरेपछि बुवाले पनि काम गर्न अनुमति दिए। बुवाले चिनेका नुवाकोट घर भई काठमाडौंको मूलपानी तिवारीटोलमा बस्ने ३३ वर्षीय रामशरण गोतामेसँग सम्पर्क गरे।

 

ज्यामीको काम गर्न गत असोज १० गते उनी रामशरणको घर गइन्।

उनले त्यहाँ रामशरणकी श्रीमती सीतालाई भेटिन्। उनले त्यहाँ ज्यामी काम गर्न जाँदैछु भन्ने सोचेकी थिइन्। त्यहाँ उनले अरू नै काम गर्नुपर्ने भयो।

 

सीताले आफ्नो घरमा कोठी सञ्चालन गर्दै आएकी थिइन्। बाध्यताको फाइदा उठाएर उनलाई पनि यौनधन्दामा लगाइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *