सुत्नुभन्दा पहिले मुर्तिमा छोएर ॐ लेखी बुढानिलकण्ठको दर्शन गर्नाले ३ दिनमा लाभ मिल्नेछ

समाचार

सुत्नुभन्दा पहिले मुर्तिमा छोएर ॐ लेखी बुढानिलकण्ठको दर्शन गर्नाले ३ दिनमा लाभ मिल्नेछपोखरामा पनि बुढानिलकण्ठ मन्दिर छ भन्ने सुन्दा सुरूमा पत्यार लाग्न गाह्रो भए पनि कुरा सत्य हो । काठमाडौँ स्थित श्री श्याम प्रसाद प्रधान र श्रीमती रामेश्वरी पालिखे प्रधान (हाल अमेरिका) ले आफ्नो एक मात्र सन्तान ९ वषीय छोराको स्पिमिङ्ग पुलमा डुबेर देहवसान भएपछि ।

ती दम्पति दुर्इले शोकलाई एक सामाजिक/सांस्कृतिक कार्यमा रुपान्तरण गरी स्वर्गीय छोरा सुमन सागर प्रधानको सम्झनामा पोखरा नगरपालिका वडा नं ४ पहिले साउने पाटी हाल बुढानिलकण्ठ चोक (फिर्केपुल) मा बुढानिलकण्ठको मन्दिर निर्माण गरी बुढानिलकण्ठ मन्दिर संरक्षण समिति गणेश मार्ग, बुढानिलकण्ठ चोक पोखरा-४ लाई हस्तान्तरण गरी सार्वजनिक गर्नु भएको छ।

हुबहु काठमाडौँ बुढानीलकण्ठसँग मेल खाने ४ बाहु भएको हातमा शंख, चक्र, गदा र पद्म लिएका शिरमा ११ नागहरुबाट सुसज्जित करिब ४ फिटको पत्थरद्वारा निर्मित बुढानिलकण्ठको मूर्ति नागमाथि सयन मुद्रामा करिब २० फिट लम्बाइ, १० फिट चौडाइको निलो टायल जडित कुण्डमा पूर्व शिर पश्चिम पाउ गरी भगवान् विराजमान हुनुहुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *