नेपाली चेलि डा.सालीन्द्रा थापा मगरले थाङगुक विश्वविद्यालय कोरिया बाट PHD गर्न सफल

समाचार

शको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन्। प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ। सदनभित्र सभामुख पद पनि महिलाकै हातमा पुगेको थियो । अधिकांश स्थानीय सरकारमा उपप्रमुख महिला छन् । केहीमा प्रमुख नै महिला छन् । यो सुखद श्रृंखलामा अर्को खबर पनि थपिएको छ। के भने, सेनाभित्र पनि एउटा छुट्टै महिला गुल्मको तयारी भएको छ । जसको अगुवाइ सैनिक अधिकृत महिलाले नै गरेकी छिन् । पहिलो महिला गुल्मको गुल्मपति भएकी छिन् सेनानी सृष्टी खड्का।                                                                                                                         ८० देखि १ सयको संख्यामा जनशक्ति गुल्ममा चाहिन्छ। सेनाका प्रवक्ताको पुष्टि अनुसार, ‘नयाँ गुल्मको नेतृत्व मेजर सृष्टि खड्काले गरेकी छिन् ।’ उपत्यका पृतनाभित्र रहने गरी सेनाले तयार गरेको महिला गुल्मको अगुवाइ गर्ने सेनानी खड्का २०६१ माघ १७ मा अधिकृतका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन्। उनको पहिलो पोष्टिङ राजदल गणमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *