प्रेम आले बने पर्यटन मन्त्री मलाई बधाई दिनुहोस

समाचार

चार वटा मन्त्रालयसहित सरकारमा जान लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाएको हो ।

 

स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का एक नेताकाअनुसार अध्यक्ष नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आलेलाई पठाउने भएका छन् ।

 

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने भएका हुन् । त्यस्तै, श्रम मन्त्रालयमा भने किसान श्रेष्ठलाई पठाउने निश्चित् भएको छ ।

 

नेकपा (एकीकृत समाजवादी) बाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि

 

नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ पनि भोलि नै राखिएको बालुवाटार स्रोतले जनाएको छ ।

उता, माओवादी केन्द्रले भने हिजै मन्त्रीहरुको नाम टुँगो लगाईसकेको छ । जनता समाजवादी पार्टी, नेपालले पनि नाम लगभग टुँगो लगाएको भनिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *