बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल ?

समाचार

दैलेखको नारायण नगरपालिका –४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी (बालिका) कुसुम कटुवालको गएराती प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

 

खासै समस्या नभएकी उनको एक्कासि कसरी मृत्यु भयो पीडित परिवारले प्रश्न गरेका छन् । उनीहरुले घटनाको उचित छानविन हुनुपर्ने माग गरेका छन् ।पीडित पक्षले ओभरडोज औषधिका कारण बालिकाको मृत्यु भएको दावी गरेको छ ।

 

बालिकाकी आमा पूजाका अनुसार कुसुमको चार दिन अगाडि नाकमा मकैको दाना अड्केको थियो । अलिकति श्वास फेर्न गाह्रो बाहेक अन्य कुनै समस्या थिएन,’ उनले भनिन्, ‘पछि समस्या आउँछकि भनेर दैलेख अस्पताल ल्याएका थियौं ।

 

जिल्ला अस्पताल दैलेखका स्वास्थ्यकर्मीले प्रदेश अस्पतालमा सहज उपचार हुने भनेर लैजान सल्लाह दिएपछि हामीले यहाँ ल्याएका थियौं ।’

शुक्रबार बिहानै प्रदेश अस्पतालका एक डाक्टरले बालिकाको स्वास्थ्यावस्था चेकजाँच गरेका थिए । ती डाक्टरले श्वास नलीमा समस्या आएको र प्रदेश अस्पतालमा आइसीयु

 

खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाएका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *