माधव नेपाललाई मोटो रकम बुझाउँन नसक्दा मन्त्री बन्न सकिन : मेटमणी

समाचार

काठमाण्डौँ । मन्त्री बन्ने व्यापक चर्चाका विच मन्त्री बन्न नपाएका नेकपा एसका नेता मेटमणी चोधरीले आफु मन्त्री किन बन्न सकिन भन्ने बिषयमा मुख खोलका छन् । नेता चौधरीले एक टेलिभिजन अन्तवार्ताका क्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई मोटो रकम बुझाउँन नसक्दा मन्त्री बन्न नपाएको घुमाउँरो स्विकारोक्ती गरेका छन् । गहँभरि आँशु पार्दै चौधरीले आफ्नो मनको बह पोखेका छन् ।

राजननिती गर्नका लागी पैसा चाहिन्छ भन्ने मनोविज्ञान रहेको भन्दै चोधरीले आफु सँग पैसा नभएकै कारण मन्त्री बन्न बाट रोकिएको बताए । उनले भनेका छन् मैलै जे गर्नु पर्दथ्यो त्यो गर्न सकिन अरु साथीहरुले गरे मन्त्री बने । नेकपा एसका नेता माधव कुमार नेपालसँग निकै चित्त दुखाएका चौधरीले मन्त्री बनेकाहरु ‘कि त म भन्दा सिनियर हुन पर्यो कित मेरो भन्दा ठूलो क्षमता हुनु पर्यो त्यो त दुवै छैन अनी उनीहरु कसरी मन्त्री बने म किन बनिन भन्ने त प्रष्ट भयो नी’ उनले भनेका छन् ।

मन्त्री बन्न कसरी प्रभाव पार्नु पर्छ भन्ने कुरा आफुले नजानेकोले मन्त्री बन्न नसकेको भन्दै उनले प्रभाव पार्न जान्नेहरु मन्त्री भएको उनले बताए । आफु एकोहोरो पार्टी बनाउँन मात्रै लागेको र कुनै लपनपछनमा नलागेका कारण मन्त्री बन्न नपाएको गुनासो उनले गरे । चौधरीको संकेत विशेष गरी मन्त्री भएका प्रेम आले र किसान श्रेष्ठ तिर थियो ।

उनीहरु म भन्दा सिनीयर कसरी भएर र मेरो भन्दा ठूलो क्षमता उनीहरुमा के थियो भन्ने कुराको जवाफ उनले खोजिरहेका थिए । अवसरवाद र पैसाकै कमालले उनीहरु मन्त्री बनेको चौधरीको बुझाई छ । मन्त्री बन्न नपाए पनि अविचलित रुपमा आफु पार्टी काममा लागीरहने पनि उनले बताए । यस अघि पनि राजनितीमा ठूलो उताडचढाव बेहोर्दै आएको भन्दै फेरी पनि अडिग भएर पार्टी काममा लाग्ने उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *