सुर्खेतबाट जुम्ला जाँदै गरेको बस दुर्घटना?

समाचार

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु

 

नगरपालिका–१ दारेभिरमा दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको मृ’त्यु भएको दैलेख प्रहरीले बताएको छ ।
मृ’त्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो ।

सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर शनिबार राती ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए

 

।उनका अनुसार, बसमा ३५ देखि ५० जना यात्रु सवार रहेको बुझिएको छ । उक्त दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् । प्रहरी दुर्घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरेको छ ।

बस अनियन्त्रित भएर दुर्घटना भएको भनिएपनि खास कारण खुलेको छैन ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *