भारतलाई पराजित गरेर नेपालीको सपना साकार पार्छाैँ ; किरण चेम्जोङ

समाचार

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत भोलि भारतलाई पराजित गरेर नेपाली दर्शकको सपना साकार पार्ने बताएका छन्शनिबार                                                                                                                                                                              माल्दिभ्सकाे नेसनल स्टेडियमा आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै उनले भोलि हुन गइरहेको भारतविरुद्धको खेल अति महत्वपूर्ण रहेको र खेल जितेर नेपाली दर्शकको सपना साकार पार्ने बताए ।

उनले भने, ‘सपना देख्नुपर्छ । सपना देखेपछि नै पूरा हुने हो । सिंगो नेपाली फुटबल समर्थकको सपना साफ जित्ने हो, यो मेरो मात्र सपना होइन र त्यो सपना पूरा गर्नका लागि भोलिको खेल अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यो सपना पूरा गर्नका लागि हामी पूर्ण रुपमा तयार छौं ।’

भोलि हुने भारतविरुद्धको खेल कठीन भए पनि जितको लक्ष्य लिएको बताए । उनले भनेका छन्, ‘भोलिको खेल हाम्रो लागि निकै कठीन छ । हामीले भोलिको लागि राम्रो तयारी गरेका छौँ र, हामीले जितको लक्ष्य लिएका छौँ । हामीले जितका लागि दुई कदम पाइला अगाडि चालिसकेका छौँ र अर्को एक कदम चाल्न चाहन्छौं ।’ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि भारतविरुद्ध नेपालले बलियो चुनौती पेस गर्ने बताएका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *