ओलीले भन्दा दश गुणा उत्कृष्ट काम गरेर देखाऊँछु शहरि विकास मन्त्रि : रामकुमारी झाँक्री

समाचार

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले पहिलो एक्सन आफ्नै श्रीमानमाथि लिन लागेको खबर छ । उनले आफ्ना श्रीमानको सरुवा गरेर आफू मातहतको मन्त्रालयमा तान्न लागेकी हुन् । उनी पहिलो पटक मन्त्री बनेकी छन् । विद्यार्थी राजनीतिबाट नेपालको मुलधारको राजनीतिमा प्रबेश गरेकी झाँक्रीलाई मन्त्री बन्न पार्टी नै फुटाउन परेको छ ।

पार्टी फुटेपछिको पहिलो सरकारमा नै झाँक्रीले शहरी विकास मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयको बागडोर सम्हाल्न पुगेकी छन् । अरु जस्तो उनलाई मन्त्रालय चलाउन खासै समस्या हुने छैन् । किन भने उस्तै प्रकृतिको मन्त्रालयको उपसचिव छन् उनको श्रीमान् । झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव छन्।

भौतिक मन्त्रालयकै छेउ भएर झाक्रीले सम्हाल्ने सहरी विकास मन्त्रालय पुगिन्छ। पुरीलाई सरुवा गरेर सहरी विकास मन्त्रालय ल्याउने उनको तयारी छ । कुनै मन्त्री सफल हुनका लागि कर्मचारीको सबैभन्दा ठूलो हात हुन्छ । त्यसमा पनि सचिवालयमा काम गर्ने सरकारी तर्फको स्वकीय सचिवको भुमिका झन महत्वपूर्ण हुन्छ । उनको स्वकीय सचिव बनाउन सम्भव नभएपनि महत्वपूर्ण विभागमा ल्याएर कामलाई सहज बनाउन सकिने बुझिएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *