बधाई छ लुम्बिनीमा विमला खत्री स्वास्थ्य राज्यमन्त्री बनिन्

समाचार

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई शपथ खुवाएका हुन् ।

यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।

पछि ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पुर्‍याईएको हो।

आज सपथ ग्रहण गर्नेहरुमा कांग्रेसको तर्फबाट वीरबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

यस्तै बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन् ।

यस्तै रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठभएका छन् भने रिना नेपाल विक पर्यटन राज्यमन्त्रीको भएकी छिन् ।

यस्तै माओवादी केन्द्रबाट दाङका इन्द्रवित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री बनेका छन् ।

बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भएका छन् ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीको रुपमा विमला खत्री वलीले सपथ ग्रहण गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *