खाउखाउ लाउलाउ हन्न्ने उमेरमा मृत्यु भयो दया हुनेले Rip लेख्नुहोस ।

समाचार

असोज, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् ।

बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो ।

शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा लिएको आफन्त अमृत लिङ्देनले बताए । उनका अनुसार दिदीसँग फुङलिङ बजारमा बसेर पढ्दै आएकी पुष्पा बिहीबार राति १२ बजेसम्म डेरा बसेको घरमै थिइन् ।

राति १२ बजेपछि हराएकी उनको शव भोलिपल्ट विहान करिब ८ बजे डेराबाट करिब २ किलोमिटर टाढा जंगल छेउमा शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

लिङ्देनका अनुसार मृतकले प्रयोग गर्ने मोबाइल पनि हराएको छ । ‘राति १२ बजेसम्म डेरामा भएको मान्छेको शव जंगलछेउमा कसरी पुग्यो ?’ उनले भने, ‘हाम्रो आशङ्का हत्या हो । तर प्रहरीले सामान्य रुपमा लिएको छ ।’ शव अर्धनग्न अवस्थामा रहेको र शरीरमा पनि चोट भएका कारण हत्या भएको हुनसक्ने उनले बताए ।

स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने किशोरीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको भन्दै आफन्तले शव बुझेका छैनन् । शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने उनले आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी बालनरसिंह राणा प्रहरीले घटनाको शुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउँछन् । पोष्टमार्टम हुन बाँकी रहेको बताउँदै उनले पोष्टमार्टमपछि थप विषय खुल्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *