Please अन्तिम पटक फोटो छोएर रिप लेखिदिनुहोला

समाचार

हिन्दु नेपालीहरुकाे महान पर्व बडा दशै नजिकिदै गर्दा गाउँ जानेहरुकाे लर्काे चलिरहेकाे बेला दैनिक दर्घटनाका खबर पनि थपिदै गएका छन् ।

यसै बीच नेपालगन्जबाट मुगुका लागि आएकाे बस छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घट,नाग्रस्त भएको छ । दु,र्घटना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो ।

छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ (झ्यारीखोला) मा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको सो दुर्घटनामा कम्तिमा पनि २३ जनाको मृ,त्यु भएको छ । साथै डेढ दर्जन जति यात्रु घाइते भएको मुगु प्रहरीले जनाएको छ ।

बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको छ । अहिले घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *