अमेरिकामा फेरि सधैका लागि अस्ताए अर्को नेपाली चेली निर्मला ! मनमा अलिकति दया भए [R.I.P] लेख्नुहोस

समाचार

वासिंगटन डिसी । अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी मृत्युबरण गरेकी एकजना नेपाली चेलीका आफन्त र नातेदार कोही नहुँदा ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

स्थानीय नेपाली समाजले अभिभावकत्व ग्रहण गरेर अन्तिम संस्कार गरेको छ । नेप्लिज सोसाइटी इन टेक्सास (एनएसटी)

ले ती चेलीका पूर्वपतिसमेतको सहकार्यमा हिन्दू विधिपूर्वका सेप्टेम्बर २३ विहिबार अन्त्येष्टि गरेको छ । ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

समाजले अन्तिम संस्कारको लागि सबै खर्च आफैं व्यहोरेको छ । पुरोहितसमेत लगाएर विधिपूर्वक

उनको अन्त्येष्टि गरिएको समाजका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई बताए ।

नेपालको सुदुर पश्चिम अछाम जिल्लाबाट विवाह गरेर अमेरिका आएकी निर्मला रेग्मी ओझा सडक दुर्घटनामा परेकी थिइन् ।

उनलाई तत्काल स्थानीय अस्पताल त पुर्याइयो तर उनको निधन सडकमै भइसकेको रहेछ ।

टेक्सासको फोर्थ वर्थमा बाटो काट्ने नियमको पालना नगरी सडकमा हिड्दै गर्दा निर्मलालाई गाडीले हानेको थियो ।

उनको घटनास्थलमै मृत्युभएको भए पनि प्रहरीले उद्दार गरी उनलाई नजिकको अस्पताल लगियो ।

अस्पतालले मृत घोषित गरिदियो । त्यतिञ्जेल उनका आफन्तहरु केही छन् कि भन्ने खोजी पनि भएको थियो । उनको परिचयपत्रमा उल्लेख भएको विवरण हेर्दा केन्टकीको ठेगाना र पूर्वपतिको नामसमेत भएपछि अस्पतालले सम्पर्क गरेको थियो ।

समाचारअनुसार, उनी अमेरिकाको केन्टकीमा बसोवास गर्ने एकजना नेपाली युवासंग मागी विवाह गरेर सन् २००७ मै अमेरिका आएकी रहिछन् । तर, उनको दाम्पत्य जीवन लामो समय चल्न सकेको रहेन छ । मानसिक रोगको औषधि खांदै गरेकी निर्मलाको दाम्पत्य जीवन विवाहको दुईबर्षभित्रै टुटेको रहेछ । तेह्र—चौध बर्षअघि कानुनीरुपमै डिभोर्स भइसकेकी पूर्वपत्नीको मृत्युलाई केन्टकी निवासी पूर्व पतिले वेवास्ता गरेनन् । उनकै माध्यमबाट टेक्सासस्थित नेपाली सोसाइटीलाई तत्काल खवर पुग्यो । नेपाली सोसाइटीका प्रतिनिधिहरु अस्पताल पुगे र उनको बारे थप बुझ्ने कोसिस गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *