कसैले टपक्क टिपेर संसद बनाएको हैन मलाई रघु पन्थ बिरुद्ध मुद्दा दायर गर्छु:कोमल ओलि

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै बिभाजन भएको नेकपामा बिभिन्न बाद बिबाद आइरहेका छ्न जहाँ एकले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाऊदै आइरहेका छ्न भने यसै बिचमा कोमल ओलि प्रति ब्यंग गर्दै प्रचण्ड माधवकुमार नेपाल समूहका नेता रघु पन्थ ले सेता पिडा तिग्रा देखाएर संसद भएको भन्दै अभिब्यक्ति दिएका कारण बिवादमा मुछिएको छन।।,,

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा नेता रघुजी पन्तविरुद्ध अदालत जाने भएकी छन्। प्रचण्ड–माधव पक्षका नेता पन्तले उनी लक्षित दिएको अभिव्यक्तिले चरित्र हत्या भएको जनाउँदै वली न्यायका लागि अदालत जाने भएकी हुन्।

 

गृह जिल्ला दाङमा रहेकी वलीले काठमाडौं फर्केपछि अदालतमा मुद्दा दायर गर्ने बताएकी छन्। नेपाल लाइभसँग उनले भनिन्, ‘सोमबार काठमाडौं फर्कन्छु।’ जिल्लाले सिफारिस गरेर राष्ट्रिय सभा सदस्य बनेको उनले दाबी गरिन्। प्रदेश कमिटीले गरेको नाम सिफारिसलाई स्थायी कमिटीले अनुमोदन गरेपछि सांसद बनेको उनले सुनाइन्।

उनले भन्निन्,‘केपी ओलीले टपक्क टिपेर मलाई सांसद बनाउनुभएको होइन। अर्को कुरा केपी ओलीले सबै कार्यकर्तालाई माया नै गर्नुहुन्छ। त्यसमध्येको म पनि एउटा पर्छु।’ नेता पन्तले पिडौंला देखाएको आधारमा वलीले राष्ट्रिय सभाको सदस्य भएको आरोप लगाएका थिए यस बिषयमा सामाजिक संजालमा निकै चर्चामा रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *