खुशीको खबर ! नेपाललाई रुसको यतिधेरै सैन्य विमान सहयोग, नेपाली सेना थप मजबुत

समाचार

याे समचार पनि पढ्नुहोस्
रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ। नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो। रुसका दुई ठूला ब्यांक लान्टा र मस्को इन्डस्ट्रि«यल ब्यांक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले बताए। त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ। राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो। नेपालमा विद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो।

रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने/नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो। प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए।

मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी बताए। बढी भएको विद्युत निर्यात गर्न भारत र बांग्लादेशसँग विद्युत व्यापार सम्झौता गरिसकिएको मन्त्री पुनले बताए।

हालसम्म नेपालमा उत्पादित विद्युत सरकारी कम्पनी (नेपाल विद्युत प्राधिकरण)ले खरिद गरी वितरण गर्दै आएको छ। आगामी दिनमा स्वदेशी वा विदेशी लगानीमा निर्माण हुने आयोजनाको विद्युत सिधै बाह्य बजारमा पठाउन सक्ने गरी लचिलो कानूनी प्रावधानको समेत व्यवस्था गरिएकाले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको उनको भनाइ थियो।

मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युतमा लगानी गर्न सक्ने अवस्था रहेको चर्चा गर्दै रुसी लगानीकर्तालाई नेपालमा स्वागत गर्ने उल्लेख गरे। “हामीसँग भएको व्यवस्थामध्ये तपाईंहरूका लागि कुन मोडालिटी सहज लाग्छ। त्यसका लागि हामी तयार छौं, स्वागत गर्छौं”, मन्त्री पुनले भने, “विद्युत उत्पादन गर्नुस्, आफैं बजार खोज्न चाहनुहुन्छ भने पनि ठीकै छ, बजारको व्यवस्था हामी आफैं पनि गरिदिन सक्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *