पाहुना हुन आएका प्रचण्ड नेपालले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैन’ – शान्ता चौधरी

समाचार

नेकपा ओली समुहकी नेत्रृ शान्ता चौधरीले प्रचण्ड नेपाल समुहलाई नेकपामा आएका केहि दिनको पाहुना भनेकी छिन्।

प्रचण्ड नेपाल समुहले आज ओली समुहका सात जनालाई ६ महिनाको लागि कारवाही गरेको जानकारी पाएसँगै चौधरीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले भनेकी छिन् , हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं घरलाई सुन्दर बनाउँछौं पाहुना हुन आएकाले हामीलाई घरबाट जा भन्ने हैसियत राख्न सक्दैन।

पार्टीको हित विपरित काम गरेको भन्दै प्रचण्ड नेपाल समुहले आज नेताहरु कर्णबहादुर थापा, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र शान्ता चौधरीलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ। त्यस्तै,नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *