विकाशका बाधक प्रचण्ड माधवकुमार बाहिरिए पछि बिकाश निर्माणको काम तिब्र बढेको छ:ओली

समाचार

ओलीले दाहाल नेपाल समूहले पार्टी कब्जा गर्ने, देश बर्बाद बनाउने कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाए । जनताको उन्नति देख्न नचाहनेलाई, आफ्ना स्वार्थका लागि राष्ट्रिय स्वार्थलाई तिलान्जली दिन चाहनेहरुले आफूहरुको व्यवहार सहन गर्न नसकेको उनले बताए ।त्यसैले आफुमाथि सम्पुर्ण रुपबाट हमला गरिरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठा साथ अघि बढिरहेको बताएका छन् ।।,

झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा हिजो श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उहाँले आन्दोलनको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्रीका रुपमा राज्य सञ्चालन गर्दा होस्, आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ मुलुकको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताए ।,,

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले मुलुकमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको उल्लेख गरे ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *