विप्लव सरकारसँग मिले, हामीले कहिले न्याय पाउने ?’

समाचार

२१ फागुन, विराटनगर । नेकपा विप्लव समूहले गत मंसिर २३ गते उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गर्‍यो । हत्याको जिम्मेवारी लिएको विप्लव समूह त्यसको ८६ दिनमा शान्तिपूर्ण राजनीतिमा आएको छ ।
राजनीतिको नाममा गरिएको व्यक्ति हत्याबाट पीडित परिवार भने न्याय नपाइने हो कि भन्ने त्रासमा छ । ‘मेरो श्रीमानलाई मार्नेहरुमध्ये एकजनालाई मात्र सरकारले पक्राउ गरेको छ,’ श्रीमती धनकुमारी श्रेष्ठ भन्छिन्, ‘आज त त्यो पुरै समूह सरकारसंग मिलेको भन्ने सुनेँ । अब कारबाही नै रोकिन्छ कि भन्ने डर लागेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *