नेपाल ,,फर्कदै गर्दा दुर्घटनामा परि भीमबहादुर रावल, श्रीमति भतिज र अन्य एक जनाको मृ’त्यु, छोरा प्रकास ग’म्भी’र घाइते

समाचार

भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा मृ’त्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलकाे परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको मृ’त्यु भएको हो।
मु’त्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगराका भीमबहादुर रावल, श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल रहेका छन् भने दुल्लु नगरपालिका–१३ कै तोलीपानीका तिलक घर्ती रहेका छन् । यस्तै दुर्घटनामा भीमबहादुरका छोरा प्रकाश रावल गम्भीर घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।भारतको मुम्बईमा रोजगारीका गएका रावल नेपाल फर्कदै थिए । उक्त दुर्घटनामा अन्य नेपालीहरु पनि रहेको र उनको पहिचान नखुलेको बताइएको छ । रुपैडियातर्फ आउँदै गरेको बस भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा दुर्घटना हुन पुगेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *