रुखलाई हामी अक्सिजन दिन्छौं, रुखबाट कार्वनडाईअक्साईड पाउँछौ: वनमन्त्री आले

समाचार

आलेले ‘यो सरकार जनताप्रति उत्तरदायी भएको लाग्छ भने त्यो तपाईको ठूलो भुल हो’ भनेपछि आलोचना हुन थालेको हो।

मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले भनेका थिए, ‘यो सरकार जनताको सरकार हो। यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने कसैलाई लाग्छ भने त्यो तपाईको ठूलो भुल हो।’

उनले अगाडि भने, ‘जुन रुखबाट हामी कार्वनडाईअक्साईड पाउँछौ। जुन रुखलाई हामी अक्सिजन दिनै। त्यहि रुख रहेन भने के हुन्छ हालत।’

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर कसैलाई नभेटेर बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको दाबी गरे।

‘जुन दिन पद वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारीले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिन। हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो। तर मैले मुखमा कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *