नराम्रोसँग धोका, प्रचण्ड – माधव समुहछाडेर ओलीतिर लागेपछि खैलाबैला

समाचार

काठमाडौँ । ​प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताब ल्याउने नेकपाका उपनेता टंक आङबोहाङले नेकपा दाहाल–नेपाल समूहमा आफू नरहेको घोषणा गरेका छन् । उनले पार्टी एकताको पक्षम रहेकाले आफू दाहाल–नेपाल समूहमा नरहेको बताएका हुन् । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका खेलेका आङबोहाङले अहिले आएर आफूले नेकपा दाहाल–नेपाल समूहमा नरहेको बताएका हुन् ।
गत पुष १२ गते उनकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । प्रदेश १ मा सरकार ढाल्न वा जोगाउन ४७ जना संसाद आवश्यक पर्छ । नेकपाका दुवै समूहले त्यो संख्या पु¥याउन सक्ने अवस्था देखिदैन भने कांग्रेसको सहयोग दुवै समूहलाई आवश्यक पर्छ तर, कांग्रेसले कसलाई सहयोग गर्ने भन्ने निर्णय गरेको छैन । आङ्बुहाङ ताप्लेजुङबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । उनी तत्कालीन माओवादीका नेता हुन् । उनी ताप्लेजुङको दोभानमा भएको आगलागीमा राहत वितरण गर्न मुख्यमन्त्री राईसँगै सेनाको हेलिकप्टरमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *