हायस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

समाचार

विराटनगर । हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा भएको सो दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ ।काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार राति पौने १ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवाल रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा ज्यान गएको हो । उनीहरूको पहिचान बिहान ७ बजे मात्रै खुलेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *