गोहीको पेट चिरेर निकालियो ८ वर्षका बालक पुरा पढनुहोस

समाचार

एजेन्सी । सामान्य कुरामा सावधानी नअपनाउँदा ज्यानै जानेसम्मका घटना हुन्छन् । ८ वर्षका एक बालकलाई गोहीले निलेपछि उक्त गोहीको पेट चिरेर बालकको शरीर बाहिर निकालिएको छ । इण्डोनेसियामा भएको यो घटनामा बालकलाई निल्ने गोहीलाई समातेर उसको पेट चिरेर बालकको शवलाई बाहिर निकालिएको हो ।
द सनको रिपोर्टअनुसार मृत बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग माछा मार्न गएका थिए । यही क्रममा यो घटना भएको हो । अचानक गोही पानीबाट बाहिर आयो र बच्चालाई तानेर पानीभित्र लिएर गयो । इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घटना भएको रिपोर्टमा जनाइएको छ । आफ्नो छोरालाई गोहीले तानेर लिएर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई बचाउने प्रयास गरेका थिए । उनले गोहीको पिछा गरेका थिए । पौडिँदै गोहीको नजिकै गएर उनले गोहीलाई मुक्काले हानेर छोरालाई बचाउने प्रयास गरेका थिए तर उनी असफल भए ।

हिजो भैरहवा गौतम बुध्द विमानस्थलबाट सबैखाले नियमित उडान सकिएपछि राती १० बजेतिर टावर बन्द हुनै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एउटा सन्देश गयो ‘विमानस्थल खुल्ला राख्नु,राती काठमाडौं–बिराटनगर–काठमाडौं सेक्टरमा रेस्क्यु उडान हुँदैछ ।’ झटपट विमानस्थल खुल्ला राख्न र उडान तथा अवतरणको लागि आवश्यक सबै क्षेत्रका झण्डै दुई दर्जन कर्मचारीलाई स्टाण्ड बाईमा बस्न भैरहवा विमानस्थल कार्यालयले आन्तरिक आदेश दियो ।

र,आकस्मिक अवतरणको लागि आवश्यक पर्ने सुरक्षादेखि उडानसँग सम्बन्धित सबै कर्मचारी तम्तयार भएर बसे । बिजुली, विमान कम्पनी,दमकल, फ्रिक्वेन्सी,प्रशासनका कर्मचारीहरु सबै खाना खाएर रातभरको लागि तयारी अवस्थामा बसे । तर, काठमाडौंबाट राती हुन लागेको उद्धार उडान भने त्यताको लागि थिएन । त्यहिबीच श्री एअरलाइन्सको चार्टर विमान काठमाडौंस्थित एउटा अस्पतालको मेडिकल टिम बोकेर बिराटनगरका एकजना सिकिस्त बिरामीलाई राजधानीको अस्पतालमा ल्याउन राती सवा १२ बजे त्यसतर्फ उड्यो । र,

राती दुई बजेतिर विमानले बिराटनगरबाट ती बिरामीलाई काठमाडौं विमानस्थल ल्याएको खबरपछि बल्ल भैरहवा विमानस्थल बन्द गरिएको थियो । एकातिरको उडानमा अर्कोतिरको विमानस्थल किन खोलिएको भन्दै सोधिएको जिज्ञासामा भैरहवा विमानस्थलका सुरक्षा इन्चार्ज भन्छन् ‘नियमित उडानको समय सकिएर विमानस्थल बन्द भए पनि त्यसपछि कुनैपनि स्थानमा हुने उडानको लागि नजिकको अर्को एउटा विमानस्थललाई खुल्ला र तयारी अवस्थामा राख्नुपर्ने हवाई उडानको अनिवार्य शर्त हो । त्यसैले गए राती काठमाडौंबाट बिराटनगर बिरामी लिन जाँदा नजिकैको वैकल्पिक विमानस्थल खुल्ला राख्ने क्रममा भैरहवा छनौटमा परेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *