आफ्नै कार, नेपालगञ्ज र पोखरामा घर, ३३ बर्षकी युवती यति भएपछि केटालाई के चाहिन्थ्यो !

समाचार

नेपालगञ्ज । सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर फोटो । फेसबुकमा जोडिए नवलपरासीका युवा । च्याटमा गफ शुरु भयो । फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटाले भिडियो कल गरौं भन्दा केटी मानिरहेकी थिइनन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा राखेको फोटोजस्तो सुन्दर थिएनन् । फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फूर्ति लगाइरहिन्। केटा अझ आकर्षित हुँदै गए। भेट्ने कर गर्न थाले। केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु। त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’ फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे। एक दिन केटी नेपालगञ्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अ’प’ह’र’णमा परेको बताइन्। प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अ’प’ह’र’ण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *