जनताको साथ पाए अबको प्रधानमन्त्री म बन्छु: मुकुन्द घिमिरे

समाचार

बेला बेला मा सामाजिक संजालमा बिभिन्न तर्क बितर्क गरेर चर्चामा आएका मुकुन्द घिमिरेले माओवादी र एमालेको एकता भङ्ग हुनु सामान्य मानेका छ्न। एउटा पार्टी मा २ वटा अध्यक्ष कुनै हालतमा हुन नसक्ने बताएका छन।।

अबको देशको निकास कि त के पि ओलिले दिन सक्ने नत्र भने आफू तयार भएको कुरा एउटा अन्तरबार्तामा भनेका छन।।

माओवादी हिजो पनि थिएन भोलि पनि रहँदैन, माओवादी समस्या बीचमा उब्जेको थियो, अहिले माओवादी समस्या समाधान पनि भईसक्यो।
दुइटा अध्यक्ष एउटा पार्टी हुनै नसक्ने थियो, दुईजना पोइकी एउटी जोई सुन्नै नसकिने थियो, कहिँ नभएको हाँडीगाउँको जात्रा सकियो, एमाले र माओवादीको सहयात्रा सकियो।

ओलीले जिताएका राजेन्द्र महतोले स्टेप चालिसके। प्रचण्डले परिचालन गरेका उपेन्द्र यादव जिल्ल परे। गिरिजाबाबु र सुजाताले मानेका महन्त ठाकुरले ओलीलाई साथ दिए। देउवाले जिताएका बाबुराम ट्वाँ परिरहे।

यदि राजनीतिको र मात्रै बुझेको भए सुरेन्द्र खत्री मास्टर हुने थिएन, यदि संगठनको स मात्रै चिनेको भए पुन्टे गौतम १० तिर नाच्ने थिएन, यदि गणतन्त्रको ग मात्रै मानेको भए सौरभ भन्ने मण्डले खेर जाने थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *