बरु एमाले बन्छु माओवादी केन्द्रमा फर्कन्न – गृहमन्त्री बादल (सहि कि गलत ? पुरा पढ्नुहोस

समाचार

गृहमन्त्री रामबहादुर थापा “बादल” ले माओवादी केन्द्रमा फर्कनुभन्दा एमाले बन्न तयार रहेको बताएका छन । प्रधानमन्त्री केपि शर्मा ओलिसङ्गको छलफलका क्रममा प्रधानमन्त्री ओलीले , –‘अदालतले औपचारिकरूपमा एमाले ब्युताएको छ, अब हामी नेकपा एमाले पार्टीलाई औपचारिकता दिन्छौँ ।

त्यसका लागि तपाईंहरू के गर्नुहुन्छ ?’ भनेर सोधेका थिए । उक्त प्रश्नको जवाफमा पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने, –‘हामीले र्औपचारिक घोषणा गरेरै ओली समूहमा प्रवेश गरेका हौँ । अब हामी कुनैपनी हालतमा अन्त कतै जादैनौँ । उनले ओलीसामु स्पष्टोक्ती दिदै भनेका छन्, बरु एमाले हुन्छु, माओवादी केन्द्रमा जादिनँ ।’

पूर्वमाओवादी कोटाबाट गृहमन्त्री बादललगायत अन्य मन्त्री तथा नेताहरूले आफूहरू ओलीको समूह जता जान्छ । उतै जाने बताएका छन् । नेकपा माओवादी केन्द्रमा सामेल हुन प्रचण्डले आग्रह गरेपनि उनिहरुले आफूहरू कोही पनि माओवादी केन्द्रमा नफर्कने अडान राखेका छन् ।

माओवादी केन्द्रका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरि ओली सरकारमा पाँच जना मन्त्रिपरिषदमा छन् । ओली मन्त्रिपरिषद्मा रहेका तीन जना संसद सदस्य छैनन् । माओवादी केन्द्रमा शक्तिशाली मानिएका नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री छन् । उनी प्रतिनिधि सभा सदस्य नभएर राष्ट्रिय सभा सदस्य हुन् ।

प्रतिनिधि सभामा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री छन् । कैलाली –४ बाट निर्वाचित लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् । रौतहट –३ बाट निर्वाचित प्रभु शाह सहरी विकास मन्त्रीमा छन् भने कैलालीबाट निर्वाचित सांसद गौरीशंकर चौधरी श्रममन्त्री छन् ।

सर्वोच्च अदालतले औपचारिकरूपमै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइ दिएपछि आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *