गुल्मीमा गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएका यी महान २७ वर्षीय डाक्टर निश्चल शर्मा !

समाचार

गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् । गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् । मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा । गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्माको इतिहास मै पहिलो पटक भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । ‘उहाँ कोभिड अस्पतालमा पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा आउनु भएको छ,’ विष्टले भने, ‘अहिले ३ महिने सेवा अवधीका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि गाउँपालिकाले नै दरवन्दी खडा गरेर राख्ने छ ।                                                                                            इन्डोनेसियाको जाभा आइल्यान्डमा पर्यटकले भरिएको बस भीरबाट खस्दा २७ जना तीर्थयात्रीको मृ’त्यु भएको छ । घटनामा अन्य ३९ जना घाइते भएका छन् । मर्नेहरूमा बस चालक पनि छन्। यी सबै तीर्थयात्रीहरू एक इस्लामिक स्कुलका विद्यार्थीहरु र उनीहरुका अभिभावकहरु भएको बताइएको छ। समाचार एजेन्सी एपीका अनुसार सबै घाइते र मृ’तकहरुलाई नजिकैको अस्पताल लगिएको छ । स्थानीय प्रहरी अधिकारी प्रसेत्यो रिब्बियान्तोले बताएअनुसार बुधबार बस पश्चिम जाभाको सुबाङ शहरबाट तसांकमली जिल्लाको तीर्थस्थलसम्म इस्लामी जूनियर उच्च माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरू लिएर जाँदै गर्दा दु’र्घटना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *