दैलेखमा मिनी बस दु’र्घट’ना दुई जनाको मृ;त्यु, १० जना ग’म्भीर घा’इते

समाचार

कर्णाली राजमार्गमा मिनी बस दु’र्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ। बिहीबार दिउँसो कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको आठबीस नगरपालिका–१ स्यालाघाटमा बस दु’र्घटनामा परेको हो। कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको मिनी बस अनि’यन्त्रित हुँदा दु’र्घटना भएको हो।

मिनी बस सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले जानकारी दिए। उक्त गाडीमा २१ जना सवार रहेको प्रहरी निरीक्षक तेलीको भनाइ छ।

दुर्घ’टनामा दुई जनाको मृ’त्यु भएको हो। प्रहरी निरीक्षक तेलीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका ३८ वर्षीया जितेन्द्रबहादुर शाही र कालिकोट कै नरहरीनाथ गाउँपालिकाका २१ वर्षीया कमल विकको मृ’त्यु भएको हो।शाहीको घ’टनास्थलमै र विकको उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी १० जना ग’म्भीर घा’इते छन् भने ६ जना सामान्य घा’इते छन्। दु’र्घटनाका घा’इतेको सुर्खेतमा उप’चार भइराखेको छ।
डुबेर एकको मृ’त्यु

त्यसैगरी दैलेखमै पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृ’त्यु भएको छ। जिल्लाको नारायण नगरपालिका वडा नम्बर ११ को बीचमा पर्ने लोहोरे खोलाको लाटामरे रहमा पौडी खेल्ने क्रममा अछामको चौरपाटी गाउँपालिका ५ लुंग्राका २१ वर्षीय विरेन्द्र भुलको मृ’त्यु भएको दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले बताए।

उनि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्ग निर्माणमा मजदुरी गर्न दैलेखमा आएको थिए। भुल पौडी खेल्ने क्रममा डु’बेको भन्ने सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरी टोलीले उ’द्धार गरेर उपचारका लागि दैलेख अस्पताल पठाएको थियो। उनको उपचारका क्रममा मृ’त्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *