दुःखद खबर; सुर्खेतमा सेनाको हेलिकोप्टर नहुँदा सुत्केरीको मृ’त्यु

समाचार

सुर्खेत । नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । सोरुगाउँपालिका–५ का २३ वर्षीय धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसाे मृत्यु भएको हो ।
स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिएपनि साल निक्सन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको थियो ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले भने, ‘जानकारी आउने वित्तिकै हामीले हवाई उद्धारका लागि शुरुमा मौखिक र पछि लिखित जानकारी गराएका हौं,’ शिवाकोटीले भने, ‘तत्काल हेलिकोप्टर नपुग्दा उहाँको मृत्यु भएको बिहीबार दिउँसो जानकारी आयो ।’
सोरुमा फोन नेटवर्कको समस्या रहेकाले पनि अपडेट हुन नसक्नु र सेनाको हेलिकोप्टर सैनिक दिवसका लागि काठमाडौं गएकाले आउन ढिलाई हुनुले पनि समयमै उद्धार नहुँदा उहाँलाई गुमाउनु परेको प्रजिअ शिवाकोटीको भनाई छ ।
यता, हवाई उद्धारका लागि सिरफारिस गर्ने निकाय महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जानकारी आउने वित्तिकै खवर गरेपनि उद्धार नहुँदा एक महिलालाई गुमाउनु परेकोमा दुःखिद् बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *