सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

समाचार

सिन्धुली — सिन्धुलीमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा आइतबार मोटरसाइकल र बस एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।धुलिखेलबाट खुर्कोटतर्फ आउँदै गरेको बा ७३ प २५८३ नम्बरको मोटरसाइकल सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८९२ नम्बरको यात्रुबाहक बसमा ठक्कर खाँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–६ का २० वर्षीय विपन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो                                                                                                          उमेरमा भर्खरै ३६ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् । खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् । सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् ।
लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् । भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर/ठक्कर खाएनन् । भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो । दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे । देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् । नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *