ओली–प्रचण्डबीच फोन संवाद झुटो, पुस ५ गते पछि अहिलेसम्म कुराकानी भएको छैन

समाचार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेको भन्ने सोमबार साँझ एकाएक हल्ला चल्यो । धेरैले प्रधानमन्त्री ओलीले प्रचण्डसँग फोन गरेर ठूलै विषयमा छलफल गरेको सम्म भन्न भ्याए।

ओलीको फोन हल्लासँगै एकाएक पुनः राजनीति ब्याक गियरमा फर्किएको हो कि भन्ने प्रश्न पनि उब्जियो । ओली जे पनि गर्न सक्छन् भन्ने कुराले पनि नभएको ओली–प्रचण्ड फोन संवाद हल्ला मच्चिएको हो।

हल्ला चलेपछि प्रचण्डलाई प्रधानमन्त्री ओलीले साच्चिकै फोन गरे कि क्यो हो ? भन्ने सबैमा पर्यो । तर, ओली–प्रचण्डबीच फोन संवाद झुटो रहेछ । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले फोन संवाद नभएको पुष्टि गरे।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *