रिसाई रहेका भीम रावल अचानक माओबादी केन्द्रमा छिरेपछि नेपाली राजनिती तरङ्गित

समाचार

सर्वोच्च अदालतले नेकपाको एकता भंग गर्नु अघि एमालेका नेता माधव कुमार नेपालको समुह पुष्पकमल दाहाल प्रचण्डको साथमा थियो । सर्वोच्चले पूर्ववत अवस्थामा फर्कन आदेश दिएपछि नेपालको समुह पनि एमालेमै रहने निर्णयमा पुगेका हुन् । आफुहरु सर्वोच्चका कारणले मात्र अलग हुनुपरेको टिप्पणी सो पार्टीका नेताले गरेका थिए ।

वुटवलमा शुक्रवार माओवादी केन्द्रको भेलामा प्रचण्डले एमालेमा रहेका नेपालले कि एमाले क ब्जा गर्ने कि विद्रोह गर्ने छन् भने दावी गरेका थिए । तर अचानक प्रधानमन्त्री ओली पक्षका नेताहरुले शुक्रवार नै केन्द्रिय समितिको बैठक बोलाएर अध्यक्ष र महासचिव वाहेक सबै पद विघटनको निर्णय गरे । यो निर्णय पछि विकसित घटनाक्रममा अबको रणनीति तय गर्न सबै पार्टी र समुहको बैठक चलिरहेका छन् ।

शनिवार विहान माओवादी केन्द्रको समेत बैठक बसेर विभिन्न निर्णय गरेको छ । एमाले नेता नेता भीम रावल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक चेलिरहेकै बैठक स्थल पेरिसडाँडा पुगेका छन्।

शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक चलरिहेकै बेला नेता रावल पेरिसडाँडा पुगेको एक नेताले बताए।
उनी बैठकमा पुगेर माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसंग छलफल गरेर फर्किएको एक नेताले बताएका छन् ।

एमालेमा ओलीको कदमपछि बदलिएको परिस्थितिका विषयमा रावलले प्रचण्ड र श्रेष्ठसँग झण्डै आधा घण्टा कुरा गरेको ती स्थायी समिति सदस्यले बताए।

शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ओली सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने, चैत २ गते बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्ने, एमालेले आफ्नो केन्द्रीय कमिटीमा राखेका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने लगायतका निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *