भुटानबाट झापाको शिविरमा १६ बर्ष बिताएर अमेरिका आएका गुरूङको ९० बर्षमा निधन

समाचार

साम्ची भुटानको टेन्डु ब्लक, ज्याते गाऊँबाट नेपालको झापामा रहेको खुदुनाबारी शिविरमा करिब १६ वर्ष बिताएर अमेरिका आएका ९० बर्षका हर्कमान गुरूङको निधन भएको छ ।

एसोसिएसन अफ भुटनिज कम्युनिटी टेनेसीका अनुशार गुरूङका हिजो टेनिसीको एन्टियोक सिटीमा निधन भएको हो । केही बर्ष अगाडि अमेरिका आएर टेनिसीको एन्टियोक सिटीको रिभेन्डेलहूड बस्दै आएका भूटानी

नेपाली समाजका बृद्ध व्यक्ति गुरूङको निधनप्रति एसोसिएसन अफ भुटनिज कम्युनिटी टेनेसीले दुख व्यक्त गरेको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना समेत व्यक्त गरिएको छ ।उनी पाँचभाई छोराहरू प्रेमलाल, टेकबहादुर, रामबहादुर, गोबिन्द, दलराज गुरूङ र छोरी हरिमाया गुरूङका पिता हुन् । उनी शरणार्थीका रुपमा अमेरिकामा आएको जनाइएको छ ।मार्च १७ बुधबार गुरूङको दाहसंस्कार गरिने जनाइएको छ । दाहसंस्कारमा उपस्थीत हुन चाहने टेनिसीवासी नेपाली भूटानी तथा अन्य राज्यहरूमा रहने मृतकका निकट आफन्त र साथीभाईहरूलाई टेनेसीको नासभिलमा रहेको वेष्ट हार्पेथ फ्युनरल होममा बुधबार विहान १० बजेदेखि १२ बजेसम्म उपस्थीत हुन सुचित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *