इलामको देउमाईमा घरबाट हराइन् बालिका शेयर गरी खोज्न मद्दत गर्नुहोला…

समाचार

इलाम । श्री रुद्र आधारभूत विद्यालय देउमाईमा अध्ययनरत छात्रा रेस्मा बस्नेत बेपत्ता भएकी छन् । इलामको देउमाई नगरपालिका कक्षा ७ मा अध्ययनरत रेस्मा बस्नेत गत शनिवारबाट हराएकी हुन् । रेस्मा साँझ ६ बजेबाट उनकै निवास देउमाई ५ ओख्राबुङबाट हराएको सूचना बुवा धन बहादुर बस्नेतले विद्यालयमा दिएका थिए । सोमवार बिहान पनि आसपासको स्थानमा खोजी भए पनि भेटाइ नसकिएको विद्यालयका शिक्षक यम न्यौपानेले बताए । छात्रालाई देख्ने वा भेट्नेले नजिकैको प्रहरी चौकी वा रुद्र आधारभूत विद्यालयको कार्यालयमा यथाशीघ्र जानकारी गराइदिन विद्यालय परिवारले अनुरोध गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *