पूर्व सभामुख कृष्ण बहादुर महरा एमालेमा प्रवेश

समाचार

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेताहरुले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपामा जानेक्रम नरोकिने भएको छ । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर गठन गरिएको नेकपालाई सर्वाेच्च अदालतले हालै खारेज गरिदिएपछि नेताहरु पार्टी परिवर्तनको अवस्थामा पुगेका छन्

एमाले र माओवादी केन्द्र ब्यूँतिएसँग आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउन नेताहरु दल परिवर्तनमा लागेका हुन् । माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापासहितका २३ जना नेताहरु एमालेमा गइसकेका छन् । र उनीहरु मध्ये केही मन्त्री र सांसद् पनि छन् । तर, मन्त्री र सांसद् पद गुमाउन तयार रहेका उनीहरु माओवादी केन्द्रमा नफर्कने र एमालेमै रहने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।

कृष्णबहादुर महरा पनि एमालेमा जाने

माओवादी केन्द्रका शीर्ष नेता कृष्णबहादुर महरा पनि ओली अध्यक्ष रहेको एमालेमा जाने तयारी गरिरहेका स्रोतको भनाइ छ । महरासहित सात माओवादी केन्द्रका नेताहरु एमालेमा जान लागेका हुन् । उनीहरुलाई एमालेमा लैजान हालै सार्वजनिक भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भूमिका खेलेको बताइएको छ ।

तर, यसबारे महरासहितका नेताहरुले एमालेमा जानेबारे केही बताइसकेका छैनन् । तर, स्रोतको दाबीअनुसार उनीहरु एमालेमा जाने तयारीमा रहेका छन् । महरासहित सात नेताहरु एमालेमा जाने भनिए पनि मिति र समय भने एकीन भइनसकेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *