BREAKINGNEWS: अन्तत : चैतमै ओलीको प्रधानमन्त्री पद खुस्किने, देउवालाई प्रधानमन्त्री बनाउन गरियो यस्तो रणनीति (हेर्नुस पूरा भिडियो)

समाचार

आफ्नै पार्टीबीचको विवादका कारण समस्यामा परेका केपी शर्मा ओलीको अब प्रधानमन्त्री पद पनि धरापमा परेको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच आधारभूत सहमति जुटेको छ। नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी तीन पार्टीबीच सहमति भएको हो । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि ओली इतरका दलहरु नयाँ सरकार गठनका लागि कसरतमा जुटेका छन् । सर्वोच्चको निर्णय पछि नेकपा एमालेमै रहनै निर्णय गरेका माधव नेपाल समुहलाई पनि यि दलले सहमतिमा सहभागी बनाएका छैनन् । एमाले बाहेकको सरकार बनाउन अन्य दलले सहमति गरेका हुन् । अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन्। सोमबारसम्म सरकारबारे निर्णय गर्न नसकेका दलहरुले मंगलवार गहन छलफल गरेका थिए । मंगलवार कांग्रेसको नेतृत्वमा सरकार बनाउन सबै दल सहमत भएका हुन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लामो छलफलपछि तीन दलबीच सहमति जुटेको खुलासा गरेका छन् ‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा सरकार बन्ने निश्चित भएको छ,’ सप्तरी पुगेका नेता सिटौलाले भने, ‘यसका निम्ति सबै तयारी पुरा भएको छ।’सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ। एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला राखेको छ। सो भेलाबाट आउने निर्णय कुरेर अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *