सिन्धुलीको घुम्तीमा मोड्न खोज्दा जीप दुर्घटना,२ वर्षीय छोरासहित ४ जनाको मृत्यु, मनमा मायाँ भए RIP लेख्नु होला !

समाचार

 

सिन्धुलीको कमलामाई नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ भने ८ जना घाइते भएका छन्।

अपराह्न कमलामाई नगरपालिका–७, करमडाँडामा घुम्तीमा मोड्न खोज्दा जीप पछाडि सरेर भिरबाट करिब ५० मिटर खसेको सिन्धुलीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले जानकारी
दिए। जीप जिल्लाको पहाडी क्षेत्रमा पर्ने सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको थियो।

मृ’त्यु हुनेहरुमा कमलामाई नगरपालिका -४ बाँसकटेरीका ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा
मनिष रहेका छन्। बोलेरो चालकको अवस्था गम्भिर छ। उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

यो पनि पढ्नुहोस : झुठा र निकृष्ट लाञ्छना सहन्न, अब दुईमध्ये एक हट्नै पर्छ : ओली !

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको विवाद झनै बल्झिने देखिएको छ । हिजो (बुधवार) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावको चर्को आलोचना गर्दै अर्को प्रस्ताव ल्याउने बताएपछि दुईपक्षबीचको विवाद पत्राचार, प्रस्ताव हुँदै अब पार्टी कमिटीहरुतर्फ मोडिएको छ । आफूले राजनीतिक प्रस्ताव तयार गर्न १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै प्रचण्डको प्रतिवेदनले झुठा र निकृष्ट लाञ्छना लगाइएको भन्दै सहेर नबस्ने चेतावनीसमेत दिएका छन् । ओलीको चेतावनीपछि नेकपाभित्रको विवादले नयाँ मोड लिने देखिएको छ । आफूविरूद्ध एक पक्षीयरूपमा कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि चिढिएका ओलीले बुधबारको बैठक सार्न खोजे पनि अन्ततः असफल भए । एकपक्षीय रूपमा सरकार सञ्चालन गरेको आरोप खेपेपछि बहुमत सचिवाय सदस्यको घेराबन्दीमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा पनि लचकता भने देखाएनन्।

राजनीतिक प्रस्तावका लागि १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै झुठा र निकृष्ट लाञ्छना लगाइएकाले सहेर नबस्ने चेतावनीसमेत दिएका छन् । दाहालले गत शुक्रबार सचिवालयमा दर्ता गराएको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गरेको उनले बताएका छन् । उनले उक्त प्रस्तावलाई राजनीतिक प्रस्ताव नभएर आफ्नो राजनीतिक जीवन समाप्त गर्ने ‘अभियोगपत्र’ आएको बताएका हुन्। यस्तो छ ओलीले सचिवालयमा गरेको सम्बोधनको पूर्णपाठको सम्पादित अंश – आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन । बैठक धेरै जटिल मोडमा छ । पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन । हामी पनि गुज्रिराखेका छैनौँ । म एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुराहरू, जस्तो कि बैठकको एजेण्डाको रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँच जना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपहरूसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *