दुई सन्तान छोडेर सुनकोशीमा यसरी अस्ताइन् यी महिला, ८ बर्षका छोरा र १३ बर्षकी छोरी समेत बे प त्ता

दुखत खबर

गरिबीले मान्छेलाई कतिसम्म निराशा र दुख दिन्छ भन्ने एक घटना सिन्धुलीमा देखिएको छ । एक महिला आफ्ना दुई सन्तानसहित हराई रहेकी थिइन् । त्यसको कारण पनि गरिबी नै थियो ।

ती दुई सन्तानसहित घरबाट निस्केकी महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृ त भेटिएकी छन् । उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीया छोरा भने अझै हराइरहेका छन् ।

यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुँडभन्ज्याङ गाउँ शोकमा छ । चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन् ।

मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वषीया देवकीको शव सुनकोसी नदीमा मृ त अवस्थामा भेटिएको हो । छोरी–छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ ।

‘दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी देवकीका पति गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन् । तर, गोपालले घर व्यवहार नहेर्ने भएपछि गरिबीमा परेकी देवकीले देह त्याग नै गरेको गाउँलेको अनुमान छ,’ स्थानीय शंकर बरालले भनेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छाप्एिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *