भारतले नेपाललाई दियो ९ अर्ब ९२ करोड भारु अनुदान !

समाचार

भारतले आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक गरेको छ । अप्रिल १ देखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि प्रस्तुत बजेटले नेपालसहित यस क्षेत्रका १० देशहरूमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने भएको छ । नेपालले यसमध्ये ९ अर्ब ९२ करोड भारु ९१५ अर्ब ८७ करोड रुपैयाँ० अनुदान पाउने भएको छ । गत वर्ष नेपालको अनुदान ८ अर्ब भारु थियो । २०१९–२० मा भारतले १२ अर्ब भारु अनुदान दिएकोमा अघिल्लो वर्ष उल्लेख्य घटाएको थियो । आगामी आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदान बढाए पनि २०१९–२० को भन्दा कम हो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दिल्लीले सबैभन्दा ठूलो अनुदान भुटानलाई दिने भएको छ । भुटानले २० अर्ब ५२ करोड भारु अनुदान र ८ अर्ब ३२ करोड २८ लाख भारु ऋणबापत् पाउनेछ । दोस्रो ठूलो अनुदान हिन्द महासागरको राष्ट्र मौरिससमा जानेछ । मौरिससले १० अर्ब २५ करोड भारु अनुदान पाउँदैछ । त्यस्तै, अफगानिस्तानमा जाने अनुदान पनि बढाएर ९ अर्ब ९२ करोड पुर्‍याइएको छ । भारतले अफगानिस्तानमा हेरातमा भारत–अफगानिस्तान मैत्री बाँध परियोजना र अफगान संसद् भवनका लागि ४ अर्ब अनुदान दिन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *