शक्तिशाली ७ दशमलव २ स्केलको भू’कम्प , सुनामी आउने खतरा !

समाचार

टोकियो , भर्खरै जापानमा शक्तिशाली भूकम्पको महशुश भएको छ । प्रारम्भिक तथ्यांकअनुसार मियागी प्रिफेक्चर नजिकै केन्द्रबिन्दु भएर ७ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको बताईएको छ । यो भूकम्पपछि पराकम्पहरु जान सक्ने भएकाले सुरक्षित रहन अनुरोध गरिएको छ । मियागी केनको समुद्री तट नजिक रहनुभएका मानिसलाई सुरक्षित स्थानतर्फ जान समेत अनुरोध गरिएको छ ।भूकम्प पछी सुनामीको सम्भावना रहेको बताइएको छ । जापानी संचारमाध्यमहरुले निरन्तर चेतावनी प्रसारण गरिरहेका छन् । भूकम्पबारे थप जानकारी केहि बेरमा । उता चीनको स्वायत्त क्षेत्र तिब्बतमा शुक्रबार ६.१ म्याग्‍निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *