मनाङमा ट्रक दुर्घटना, नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु

समाचार

लमजुङ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन् । मृतक लिउन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन्                                                                                                नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको पार्टी संसदीय दल र केन्द्रिय समितिको बैठकले माधव नेपाल सहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री तथा पार्टी नेता झलनाथ खनाल भने जोगिएका छन् । उनी जोगिनुको कारण झनै गम्भीर छ । खनालको पछिल्लो स्वास्थ्य अवस्था थाहा पाएर प्रधानमन्त्री समेत भावुक बनेका छन् । बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप लगाइएपनि ओलीका चर्को आलोचक खनालको नाम भने उक्त लिष्टमा थिएन । प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल गम्भीर बिरामी भएको थाहा पाएपछि उनलाई कारवाही नगर्ने मनस्थिति बनाएको बुझिएको छ । पछिल्लो पटक राजनैतिक सक्रियता एक्कासी कम गरेका खनालको स्वास्थ्यमा यस्तो समस्या पाइएको हो । उनलाई तीन महिनाभित्र उचित उपचार नगरे जे पनि हुनसक्ने डाक्टरहरुले चेतावनी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *